विश्वकप फाइनल : अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो


मंसिर ३, अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनलसुरु भएको छ। अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा खेल सुरु भएको हो। फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ।

विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन्। जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर जितेको थियो भने त्यसपछिका ५ खेलमा पहिला ब्याटिङ गरेको थियो।

जारी विश्वकपमा पहिला ब्याटिङ गरेका कुनै पनि टोलीले भारतविरुद्ध २ सय ९० भन्दा बढी रन बनाउन सकेका छैनन्। अस्ट्रेलियाले सेमिफाइनलसहित पछिल्ला लगातार तीन खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]