रतन्धो लागेकाले मात्र यो व्यवस्थालाई गणतन्त्र भन्छ : ज्ञानेन्द्र शाही


photo : onlinekhaber

मंसिर २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले, अहिलेको व्यवस्था गणतन्त्र नभएको जिकिर गरेका छन्। शनिबार ललितपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी महाँकाल गाउँपालिका कार्यसमितिद्धारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ११ प्रतिशत मात्रै जनमत ल्याएको पार्टीले सरकारको नेतृत्व गर्ने व्यवस्था गणतन्त्र हुनै नसक्ने तर्क गरे।

उनले भने ‘कांग्रसले ८८ सिट भन्यो हामीले पनि १४ भन्यौ फुरुक्क पर्यौँ। नयाँ आएकाले २१ २० भने धुरिधाम भयो त्यहाँ अब सय प्रतिशत भोट भन्दा जम्मा ११ प्रतिशत भोट ल्याएका प्रचण्ड प्रधानमन्त्री ८९ प्रतिशत भोट ल्याएको हामी सबै बाहिर अनि यो देशमा यो लोकतन्त्र हो ? यदि कसैले यसलाई लोकतन्त्र भन्छ भने फेरि भन्छु रतन्धो लागेको मानिसले मात्र यसलाई गणतन्त्र भन्छ ?

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नै जेल जानु पर्ने त्रासले टिआरसी विधेयकलाई पूर्णता नदिएको उनको आरोप छ। ‘टिआरसी भन्ने एउटा विधेयक आयो विल्कुल नै गलत प्रचार गरियो। त्यसमा हिजो युद्धकालको बेला सेनाले पुलिसलाई मारेको माओवादीको सेनाले प्रहरीलाई मारेको अर्थात विद्रोही पक्षले सरकार पक्षका सेनालाई मारेको या सरकार पक्षकाले विद्रोही सेनालाई मारेको भनेर झुटो प्रचार गरियो वास्तविकता त्यो होईन।’ उनले भने ‘सरकार पक्षले पनि निर्दोश मारेको जस्तै मैना सुनारलाई मारेको त्यस्तै बादरमुडेमा प्रचण्ड जीको निर्देशनमा सर्वसाधरण जनतालाई बम हानी मारेको यी जघन्य अपराध हो जुन युद्धमा सम्बन्धी छैन्।

त्यसलाई आजीवन कारगार गर्नुपर्ने व्यस्था छ त्यसलाई जनता मार्ने खुल्ला हिड्नुपर्छ भनेर प्रचण्ड जीले त्यो विधेयक ल्याएको हो।’ उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको तर्क गरे। सरकारले नराम्रो काम गर्दासमेत सांसदहरुले केही बोल्न नसकेको उनको आरोप छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]