अष्ट्रेलियाको संघीय संसद् भित्र नेपालीहरूले खेले देउसीभैलो


कार्तिक २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय संसद् भित्र नेपाली समुदायहरूले देउसीभैलो खेलेका छन्। तिहारको अवसर पारेर क्यानबेरामा रहेका नेपालीहरूले पहिलो पटक संघीय संसदभित्र देउसीभैलो खेलेका हुन्।

उक्त कार्यक्रम अष्ट्रेलियन नेपाली फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको हो। जसको नेतृत्व सोसाइटीका अध्यक्ष आशिष देवकोटा र सांस्कृतिक संयोजक निरज गौलीले गरेका थिए।

नेपाली समुदायको देउसीभैलो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, संघीय संसदका सभामुख मिल्टन डिक, संघीय मन्त्री लिन्डा बर्नी, सहायक विदेश मन्त्री टिम वाट तथा विपक्षी दलका नेताहरू पीटर डटन, डेभिड स्मिथ र पीटर खलिल लगायतका सांसदहरूको उपस्थिति रहेको थियो।

दुइ देशका संसद बीच भइरहेको उच्चस्तरीय भ्रमणको आदान प्रदानका अतिरिक्त यस्ता जनस्तरका सांस्कृतिक कार्यक्रमले अष्ट्रेलिया ( नेपाल बिचको सम्बन्ध माथिल्लो स्तरमा उक्लने विश्वास अष्ट्रेलियास्थित नेपाली दूतावासले लिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]