अभिनेत्री दिपाशा बीसीको निधन

कार्तिक २३, काठमाडौँ । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ।
२८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। उनको मृत्युको कारण खुलिसकेको छैन।
झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन्।