आजदेखि डिजेल र मट्टितेलेको मूल्य ४ रुपैयाँले घट्यो, पेट्रोल र ग्यासको कति ?


कार्तिक १५, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।

निगमका अनुसार घटेको मूल्य गएराति १२ बजेदेखि लागू हुने । अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?