यात्रा र घुमफिर सजिलो बनाउँदै ‘सजिलो रेन्टल’


भदाै १९, काठमाडाैँ । घुमफिर गर्न हामी अधिकांशलाई मन पर्छ। कामको तनाव वा घरमा बस्दा बस्दा भएको पट्यारलाग्दो अवस्थाबाट मुक्तिका लागि घुमफिर उत्तम हुन्छ।

अझ पछिल्लो समय त सरकारले नै अर्थतन्त्र चलायमान बनाउनका लागि आन्तरिक पर्यटनको प्रवर्द्धन समेत गरिरहेको छ।

घुम्नका जानका लागि गरिने तयारीमा पहिलो र सबैभन्दा महत्वपूर्ण अनि गाह्रो पनि गाडीको व्यवस्थापन हुने। आफ्नै गाडी हुने त आज सोच्यो, भोली सरर हिँडिहाल्यो। तर, आफ्नै सवारी नहुनेका लागि अहिलसम्म यस्तो हुन सकेको छैन।

तर, अहिले बजारमा एउटा कार रेन्टल सर्भिस आएको छ, जसले हरेक घुम्न चाहनेहरूका लागि आफ्नै गाडी भएको महसुस गराउनँछ। अनलाइनबाटै आफुलाई मन पर्ने गाडी हेर्यो, बुक गर्यो अनि घुम्न हिँड्यो।

करीब डेढ वर्ष पहिलेदेखि सुरू भएको ‘सजिलो रेन्टल’ नामक कार रेन्टल सर्भिसले अहिले द्रुत गतिमा सेवा बिस्तार गरिरहेको छ। स्वदेशीमात्रै नभएर दर्जनाैँ विदेशी पर्यटकहरूले समेत दैनिक रूपमा सजिलो रेन्टलको सेवा लिइरहेका छन्।

गज्जबको कुरा, सेवा लिनेहरूले हर प्रकारले सेवाबाट सन्तुष्ट छन् र दोहोर्याएर सेवा लिइरहेका छन्।

गुगल एप स्टोरमा गएर ‘सजिलो रेन्टल’ एप डाउनलोड गरेपछि आफ्नो यात्राको अनुसार गाडी बुक गर्न सकिन्छ। यसमा दुरी, समय र गाडीको मोडल तथा त्यसमा भएको फिचरका अनुसार कति लाग्छ भन्ने भाडा निर्धारण पनि भइहाल्ने हुँदा खर्चको अनुमान निकाल्न पनि सहज हुन्छ। त्यस्तै, ‘सजिलो रेन्टल’ वेभ भर्सनमा समेत उपलब्ध छ।

‘सजिलो रेन्टल’का सिइओ प्रज्वल फुयाल यो नेपालको पहिलो भेहिकल रेन्टल एप हो। यसमा गाडी भाडामा दिन र लिन सकिन्छ। यसमा घुम्न जान चाहनेले गाडी पाउने र गाडी भएका मानिसहरूले रजिस्टर गरेपछि गाडीका लागि यात्रु पाउने उनी बताउँछन्।

सजिलो रेन्टलबाट गाडी लिँदा ग्राहकहरूले २ वटा प्याकेज पाउँछन्। बजेटिङ प्राइस अन्तर्गत गाडी बुक गर्दा गाडीमा इन्धनको खर्च र चालकको खर्च बाहेकको शुल्क पाइन्छ। यो प्याकेज धेरै दिन घुम्ने तर गन्तव्य निश्चित नभएका ग्राहकहरूरूको लागि उपयुक्त भएको फुयाल बताउँछन्।

त्यसैगरी, निश्चित मिति र स्थान भएका ग्राहकहरूले भने गाडीमा इन्धन तथा चालकको खाना र बस्न सहितको खर्च समेटिएको अर्को प्याकेज पाउँछन्। जुन बजेटिङ प्राइस भन्दा उपयुक्त हुन्छ। निश्चित रकम दिएपछि ग्राहकले अरू कुनै खर्च व्यहोर्नु पर्दैन।

सिइओ फुयाल काठमाडाैँमा मात्रै सहज रूपमा पाइने भाडाका सवारीको समस्या निराकरणका लागि सजिलो रेन्टल सुरू गरेको बताउँछन्। उनका अनुसार नेपालका सातै प्रदेशका हब सिटीमा सजिलो रेन्टलमा दर्ता भएका सवारी साधनहरू छन्। अब चाँडै नै यो सेवा हब सिटीभन्दा बाहिरका क्षेत्रहरूमा पनि बिस्तार भइरहेको छ।

उनी भन्छन्, ‘तपाई अहिले काठमाडाैँमा हुनुहुन्छ र यदी भोली धनगढी जाँदै हुनुहुन्छ भने आज राती नै भोलीको समयका लागि धनगढीमा गाडी बुक गर्न सकिन्छ। तपाई प्लेनबाट झर्दा तपाईलाई लिनको लागि गाडी एयरपोर्टमा पर्खिरहेको हुन्छ।’

अहिले सजिलो रेन्टलमा ६ हजारभन्दा बढी विभिन्न ब्राण्डका लक्जरियस र सामान्य खालका गाडी रजिस्टर भएको उनी बताउँछन्। फुयालका अनुसार दिनमा औसतमा २० वटा गाडी बुक भइरहेका छन्। यो संख्या बढीरहेको उनको दाबी छ।

अहिले सजिलो रेन्टलकै छुट्टै बीमा भने आइसकेको छैन। गाडीधनीले गर्ने बीमा पोलिसी अन्तर्गत नै गाडीमा सवार गर्ने यात्रुहरूको बीमा कभर भएको हुन्छ। तर, धेरै बीमा कम्पनीहरूसँग छलफल भइरहेका कारण सामुहिक बीमा पनि चाँडै ल्याउने प्रयासमा रहेको सिइओ फुयाल बताउँछन्।

विदेशमा बसेका मानिसहरू नेपाल आउँदा उनीहरूले महिनाैँ दिन अघि नै गाडी बुक गर्न सक्नेछन्। यसो हुँदा एयरपोर्टमा ल्याण्ड हुँदा कता गाडी खोज्ने भन्ने समस्या हुँदैन। ‘प्लेनबाट झर्यो, गाडीमा लगेज लोड गर्यो अनि गन्तव्यमा हिँडिहाल्यो।’, सिइओ फुयाल भन्छन्।

तर, सजिलो रेन्टलले सेल्फ ड्राइभिङको प्रमोट भने गरेको छैन। गाडी बुक गर्दा गाडी चालक पनि अनिवार्य लानुपर्ने हुन्छ।

सजिलो रेन्टलमा ‘कार पुल’को फिचर पनि रहेको छ। यस फिचर अन्तर्गत गाडी बुक गर्ने ग्राहकले गाडीमा सिट खाली भएको अवस्थामा सोही गन्व्यमा जाने अर्को यात्रु पनि लैजान पाउनेछन्।

मानाैँ, एक ग्राहकका तीन सदस्य पोखरा  जाँदैछन् र उनीहरूले पाँच सीट क्षमता भएको गाडी बुक गर्दा २ वटा सिट खाली नै हुने भए। यस्तो अवस्थामा कुनै ठाउँबाट अर्को व्यक्ति पनि पोखरा नै जान चाहेको खण्डमा खाली भएको सिटको निश्चित शुल्क लिएर जान सकिन्छ। यसरी लिएको शुल्क भने पूर्ण रूपमा पहिलो ग्राहकले नै राख्न पाउँछन्। यो नेपाली परिप्रेक्ष्यमा सायदै पहिलो फिचर भएको फुयालको ठम्याइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?