अष्ट्रेलियाका वैज्ञानिकले बनाए क्यान्सर पत्ता लगाउने ब्याक्टेरिया


साउन २९, मेलबर्न, अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाका अन्वेषकहरूले क्यान्सर पत्ता लगाउने ब्याक्टेरियाहरू बनाएको दाबी गरेका छन्। यी ब्याक्टेरियाहरूले सुरूवाती चरणमा नै क्यान्सर पत्ता लगाउने समेत दाबी गरिएको छ।

‘साइन्स’ जर्नलमा प्रकाशित प्रारम्भिक अनुसन्धान अनुसार Acinetobacter baylyi नामक इन्जिनियर गरिएको ब्याक्टेरियामा कोलोन जस्तै वातावरणमा खोजी गर्ने र क्यान्सर डीएनए पत्ता लगाउन सक्ने क्षमता रहेको छ।

साउथ अष्ट्रेलियन हेल्थ एण्ड मेडिकल रिसर्च इन्स्टिच्युट (एसएएचएमआरआई) मा अनुसन्धानको सह-नेतृत्व गर्ने एडिलेड विश्वविद्यालयका एसोसिएट प्रोफेसर सुसान वुड्सले यो ब्याक्टेरियालाई आन्द्राको क्यान्सर जाँचका लागि रगत परीक्षणको विकास गर्न प्रयोग गर्न सकिने बताए।

“यो हाम्रो लागि परीक्षणको प्रारम्भिक दिन हो। तर हामी भविष्यमा के सोचिरहेका छौं भने तपाईले हामीले बनाएको ब्याक्टेरियाको चक्की लिएर क्यान्सर परीक्षण गर्न सक्नुहुन्छ,” डा वुड्सले एबीसी रेडियो एडिलेडसँग भनिन्।

डा. वुड्सले पत्ता लगाउन गाह्रो हुने क्यान्सरहरू जस्तै प्यान्क्रियाटिक क्यान्सर पत्ता  लगाउन ब्याक्टेरिया प्रयोग गर्न सकिन्छ भन्ने आशा रहेको बताइन्।

हाल ५० देखि ७४ वर्ष बीचका योग्य अष्ट्रेलियन नागरिकहरूले मेलमा नि:शुल्क राष्ट्रिय आन्द्रा क्यान्सर स्क्रिनिङ कार्यक्रम किट प्राप्त गर्नेछन्। हालको परीक्षणले स्टूल नमूनाहरूमा रगतको ट्रेसहरू खोज्छ।

डा वुडले हालको किटहरू प्राप्त गर्ने आधा भन्दा कम व्यक्तिहरूले तिनीहरूलाई परीक्षणको लागि फिर्ता पठाएको र कम टेक-अपले उनको टोलीलाई केही सजिलो तरिका विकास गर्न प्रेरित गरेको बताइन्।

डा वुडले यो विधि चाँडै मानवीय परीक्षणका लागि ल्याउन कडा मेहनत गरिरहेको बताउँदै यसका लागि केही समय भने लाग्ने जानकारी दिएकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?