अष्ट्रेलियामा चिनियाँ एप ‘विच्याट’ प्रतिबन्ध हुनसक्ने, सांसदहरूले उठाए खतराको सवाल


साउन १८, मेलबर्न, अष्ट्रेलिया। चिनियाँ एप ‘विच्याट’ अष्ट्रेलियामा प्रतिबन्ध हुने सम्भावना देखिको छ। संघीय सांसदहरूले विदेशी हस्तक्षेप चिन्ताको कारण चिनियाँ म्यासेजिङ एपमा सम्भावित प्रतिबन्ध सहित सोशल मिडिया प्लेटफर्महरूमा कडा प्रतिबन्धको लागि आह्वान गरेका छन्।

अष्ट्रेलियामा कसरी विदेशी शक्तिहरूले हस्तक्षेप गर्न सामाजिक सञ्जाल प्रयोग गर्छन् भनेर अनुसन्धान गर्दै सिनेटरहरूको रिपोर्टले पारदर्शिता नियमहरू सहित १७ वटा सुझावहरू दिएको छ।

चीनका गुप्तचर एजेन्सीहरूले कसरी टिकटक र विच्याटका मूल कम्पनीहरूलाई उनीहरूसँग गोप्य रूपमा सहयोग गर्न प्रयोग गरिरहेका छन् भन्ने ठूलो चिन्ता भएको रिपोर्टमा उल्लेख गरिएको छ।

सांसदहरूले संघीय सरकारले सरकारी उपकरणहरूमा विच्याट प्रतिबन्ध लगाउने र हालको टिकटक प्रतिबन्धलाई अन्य उपकरणहरूमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

पछिल्लो समय विश्वभर नै चिनियाँ एपहरूले राष्ट्रिय सुरक्षामा चुनाैति पैदा गरिरहेको सवाल उठिरहेका छन्। सोही कारण अष्ट्रेलियाका सरकारी उपकरणहरूमा भिडियो एप टिकटक प्रतिबन्धित छ।

प्रतिवेदनमा विदेशी हस्तक्षेप र जासुसी अष्ट्रेलियाको सबैभन्दा ठूलो सुरक्षा चिन्ता रहेको बताइएको छ। यसले देशको सरकार, शैक्षिक क्षेत्र, उद्योग, मिडिया र स्थानीय समुदायलाई चुनाैती दिएको उल्लेख गरिएको छ।

अप्रिलमा संघीय सरकारले प्रमुख सुरक्षा र गोपनीयता जोखिमहरूका कारण राजनीतिज्ञहरू र सरकारी कर्मचारीहरूले प्रयोग गर्ने फोनमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

चिनियाँ एपले जासुसी गर्ने त्रासमा अमेरिका, क्यानडा, बेलायत र न्यूजील्याण्ड लगायत अन्य राष्ट्रहरूले पनि टिकटकमाथि आंशिक प्रतिबन्ध लगाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?