शहर साैन्दर्यीकरण अभियानमा काठमाडाैँ महानगर, फूल फुलेर बानेश्वर क्षेत्र हराभरा (फोटोफिचर)


असार १९, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले शहर साैन्दर्यीकरणको काम सुरू गरेको छ। अहिलेसम्म अनधिकृत संरचना हटाउने र तिनीहरूको व्यवस्थापनमा लागेको महानगर अब भने साैन्दर्यीकरण तर्फ पनि लागेको हो।

केही दिनअघि महानगरले काठमाडाैँको माइतिघर-बानेश्वर मार्गमा रहेको पुलमा गमला राखेर त्यसमा फूल समेत रोपेको छ। अहिले वर्षाको समयमा ती फूलहरू फुलेका छन् भने उक्त क्षेत्रमा साैन्दर्यता थपिएको छ।

काठमाडाैँ महानगरपालिका शहर हरियाली बनाउने अभियानमा लागेको छ। १ लाख बिरूवा रोप्ने लक्ष्यसहित महानगरले गत महिना कोटेश्वर क्षेत्रमा विरूवाहरू रोपेको थियो।

महानगरले रोपेको फूल फुलेपछि देखिएको दृश्य:

तस्बिर : एमएनटिभी अनलाइन, काठमाडाैँ ब्युरो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]