४५ वर्षभन्दा अगाडि लेखिएको पुस्तक विमोचन


जेठ ३१, काठमाडौँ । ४५ वर्ष भन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो।

लेखक हरिवबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् सत्यमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।

पुस्तक चार दशक भन्दा अगाडि लेखिएका विषयवस्तुको संकलन रहेको जनाइएको छ। लेखक हरिबहादुर श्रेष्ठ भारतको प्रवास जीवनमा रहँंदा लेखिएका विषयको संकलन पुस्तकमा रहेको जनाइएको छ।

वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो। उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ।

कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि संकलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिला गरी भएको सुनाए। राजनीतिक आन्दोलनलाई सघाउ पुयाउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाई थियो।

किसान आन्दोलन पुस्तकमा समाज विकासका विविध विकाशक्रमहरु उल्लेख छन्। समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषय पुस्तकमा समावेश छन्।

पुस्तक एक सय ५४ पृष्ठको रहेको छ। पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था स्रस्ता समाज रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?