अष्ट्रेलियामा टेलस्ट्राका ग्राहकहरूले साढे १२ घण्टासम्म फोन गर्न नपाएपछि…


वैशाख २६, मेलबर्न, अष्ट्रेलिया। साढे १२ घण्टाको समस्यापछि टेलस्ट्राले ग्राहकहरूले फोन कलहरू गर्न वा प्राप्त गर्न नसकेको समस्या समाधान गरेको दाबी गरेको छ।

“खुसीको खबर! मोबाइल कललाई असर गर्ने समस्या अब समाधान भएको छ। हामीले यसलाई व्यवस्थित गर्यौं भने हामीसँग रहनु भएकोमा धेरै धेरै धन्यवाद,” टेलकोको एक विज्ञप्तिमा भनिएको छ।

सोमबार रातीदेखि भएको समस्या मंगलबार बिहानसम्म पनि समाधान नहुँदा टेलस्ट्रा ग्राहकहरू रूष्ट भएका थिए। हिजो राति सुरु भएको समस्याले फोन कल गर्न र रिसिभ गर्न कठिनाइ भएको थियो।

यद्यपि, टेलस्ट्राले आफ्ना ग्राहकहरूलाई ट्रिपल-जीरोमा कलहरू गर्न र मोबाइल डेटा प्रयोग गर्न कुनै समस्या नभएको आश्वासन दिएको थियो।

सोमबार राती र मंगलबार बिहान राष्ट्रव्यापी समस्या देखिएको भएता पनि टेलिकोले मंगलबार बिहानसम्म जम्मा २ राज्यमा मात्रै समस्या भएको बताएको छ।

रियल टाइम टेक इन्टेलिजेन्स नेटवर्क डाउनडिटेक्टरका अनुसार सोमबार रातीदेखि टेल्स्ट्रामा समस्या भएको रिपोर्ट गर्न सुरू गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?