ट्विटरले हटायो अनपेड एकाउन्टको ब्लू टिक


वैशाख ८, काठमाडौँ । बिहीबार मध्यरातबाट ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ । कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातबाट हटेको हो ।

मस्कले गत अप्रिल १२ मा पैसा नतिर्ने एकाउन्टको ब्लू टिक अप्रिल २० पछि हट्ने जनाएका थिए । मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रममा भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्नु पर्ने विधि बनेको छ ।

ट्विटरले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूको अकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?