न्यु साउथ वेल्सका ३७ सय मानिसहरूको व्यक्तिगत विवरण लिक, सतर्क रहन अनुरोध


चैत २१, मेलबर्न, अष्ट्रेलिया। न्यु साउथ वेल्स सरकारको एक विभागले धेरै मानिसहरूलाई उनीहरूको व्यक्तिगत जानकारी अनाधिकृत व्यक्तिहरूको पहुँचमा पुगेको हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ।

गत मार्चमा सर्भिस न्यु साउथ वेल्सको वेभसाइट अपडेटको क्रममा ३७ सय ग्राहकको व्यक्तिगत विवरण गलतबस बाहिरिएको जानकारी दिइएको छ। एजेन्सीका सीईओले प्रभावित ग्राहकहरूलाई इमेलमार्फत यसबारे जानकारी गराएका छन् ।

“दुर्भाग्यवश अपडेटको परिणाम स्वरूप केही ग्राहकहरूको जानकारी अन्य ग्राहकहरूले समेत देखेका थिए। जो वेबसाइटमा दिनको १ः २० बजेदेखि २ः ५४ बजेको बीचमा लगइन थिए” वेल्सले भनेका छन्।

बाहिरिएका व्यक्तिगत विवरणमा चालक अनुमतिपत्र, सवारी साधन दर्ता, बालबालिकाको नाम वा मोबाइल नम्बरहरू रहेको बताइएको छ।

समस्या ल्यान्डिङ ड्यासबोर्ड पृष्ठमा सीमित थियो। ९० मिनेटमा नै यो समस्या समाधान पनि गरिएको थियो।

उक्त इमेलमा प्रभावित ग्राहकहरूले तत्काल केही गर्नु नपर्ने तर सतर्क रहन भने अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?