क्वीन्सल्याण्डको एक स्वास्थ्य संस्थाका ८ हजार कर्मचारी र बिरामीहरूको विवरण ह्याकरको पहुँचमा


Hacker attacking internet

चैत ९, मेलबर्न, अष्ट्रेलिया। क्वीन्सल्याण्डका दुर्गम समुदायहरूलाई सेवा दिने स्वास्थ्य संस्थाका ८,००० भन्दा बढी कर्मचारी र ग्राहकहरूको व्यक्तिगत जानकारी गत वर्ष साइबर आक्रमणमा परेको पाइएको छ।

सुदूर उत्तर क्वीन्सल्याण्डका ११ दुर्गम समुदायहरूलाई सेवा दिने अपुनिपिमा केप योर्क हेल्थ काउन्सिलका बिरामीहरू, ग्राहकहरू र कर्मचारीहरू गत अक्टोबरमा अनधिकृत पक्षको पहुँचमा पुगेको पाइएको हो।

उक्त संस्थाले कति समयसम्म तेश्रो पक्षले ती विवरणमा पहुँच पुर्यायो भन्ने यकिन पत्ता नलागेको बताएको छ। ह्याकरले  मेडिकेयर नम्बर, राहदानीका प्रतिलिपि, कर फाइल, चालक अनुमतिपत्र र बैंक विवरणमा समेत पहुँच पुर्याएको अनुमान गरिएको छ।

प्रमुख कार्यकारी डेब माल्थहाउसले अष्ट्रेलियाको साइबर सुरक्षा केन्द्र लगायत धेरै सरकारी एजेन्सीहरूद्वारा गरिएको फोरेन्सिक अनुसन्धानले चोरिएको कुनै पनि व्यक्तिगत जानकारीको दुरुपयोग नभएको पत्ता लागेको बताइन्।

उनले आक्रमणलाई संवेदनशील भएको बताइन्। उनले ८००० व्यक्तिको विवरणमा तेश्रो पक्षको पहुँच पुगेको पुष्टि गरिन्।

संगठनले डीप वेबमा ह्याकिङको जिम्मेवारी अज्ञात तेस्रो पक्षले लिएको बताएको छ।

माल्टहाउसले विवरण पहुँच गरिका व्यक्तिलाई आगामी हप्ताहरूमा लिखित रूपमा सम्पर्क गरिने जानकारी दिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?