यसरी हुँदैछ त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको मतदान (फोटो फिचर)

चैत ५, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा पनि मतदान भइरहेको छ।

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ। २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ।





