कस्ता देखिन्थे बच्चा बेलामा अहिलेका बलिउड स्टार (तस्बिरहरू)


कार्तिक २९, एजेन्सी। बालपनका आफ्ना तस्बिरहरू नै हामीलाई राम्रा लाग्छन्। त्यसमाथि नाम चलेका सेलीब्रेटिहरू त कस्ता थिए होलान् बच्चा बेलामा सबैलाई लाग्ने उत्सुकता हो। 

भारतको सञ्चारमाध्यम एएनआइले केही बलिउड स्टारको बच्चा बेलाको तस्बिर सार्वजनिक गरेको छ। त्यसबाट फ्यानले उनीहरू बच्चा बेलामा कस्ता थिए भनेर अनुभव गर्न सक्नेछन्। 

दिपिका  पादुकोण

तलको तस्बीर दिपिका पादुकोणको हो। उनले आफ्नी दिदीसँग तस्बिरका लागि पोज दिइरहेकी छिन्। दिपिका पादुकोण अभिनय र सुन्दरता कै कारण हाइ डिमान्ड भएकी हिरोइनमा पर्थिन्। 

शाहरूख खान

तलको तस्बिर बलिउडका बादशाहका रूपमा परिचय बनाएका शाहरूख खानको हो। सन् १९६५ नोभेम्बर २ तारिखमा उनको ताज मोहम्मद खान र लतीफ फतिमा खानको छोराको रूपमा जन्म भएको थियो। बालपनको फोटोमा उनी सुन्दर देखिएका छन्। 

आलिया भाट

तलको तस्बिरमा देखिएकी अभिनेत्री आलिया भाट हुन्। उनीसँगै फोटोमा देखिएका व्यक्ति उनका बुबा महेश भाट हुन्। 

उनले ५ वर्षको उमेरमा संघर्ष फिल्ममा प्रिती जिन्ताको भूमिकामा अभिनय गर्दै फिल्ममा डेब्यु गरेकी थिइन्। अहिले उनी छोरीकी आमा भइसकेकी छिन्। आलिया र रणवीर कपुरको विवाह एक वर्ष अघि भएको हो। उनीहरूले नोभेम्बर ६ मा छोरीलाइ जन्म दिएका छन्। 

करीना कपूर खान

तलको तस्बिर करीना कपूर खानको हो। बालपनको उनको तस्बिरमा गाला पुक्क भएको देखिएको छ। 

रणवीर कपूर 

तलको फोटो रणवीर कपूरको हो। उनिसँगै फोटोमा देखिएकी व्यक्ति अभिनेत्री करिश्मा कपूर हुन्। अहिले रणवीर कपूर पनि बुबा भइसकेका छन्। नोभेम्बर ६ तारिखमा उनको र आलिया भाटको छोरी जन्मिएकी छन्। 

सलमान खान

दबङ स्टार सलमान खानको बालापनको फोटो सुन्दर देखिएको छ। उनको यो तस्बिरमा अगाडीको दाँत भाचिएको देखिएको छ। बलिउडमा अलमान खान, शाहरूख खान र आमिर खानको एक समयमा उच्च माग थियो। 

हृतिक रोशन

तलको तस्बिर नृत्य र अभिनयमा छुट्टै पहिचान बनाएका हृतिक रोशनको हो। उनको बच्चा बेलाको तस्बिरमा नै उनी रूपमा धनी भएको देखिन्छ। उनले बलिउडमा दर्जनाैँ सुपरहिट फिल्म दिएका छन्। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?