चर्चित गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्या प्रयास


कार्तिक २१, मेलबर्न, अष्ट्रेलिया। अहिलेको समयका चर्चित गायक मध्येका एक प्रकाश दुतराजले आत्महत्या प्रयास गरेका छन्।

सांगितिक कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको बताइएको छ। तर, भूमिका गिरीले थाहा पाएपछि दुर्घटना हुनबाट जोगिएको बताइएको छ।

उनले आइतबार मध्यरातमा आत्महत्या प्रयास गरेको बताइएको छ। उनी गायिका भूमिका गिरीसहित अष्ट्रेलियाका लागि कार्यक्रममा गएका छन्।

उनले के कारणले आत्महत्या प्रयास गरे भने खुल्न सकेको छैन। सिड्नीको कार्यक्रम सकेर गायक दूतराज र गायिका गिरी नेपाल फर्किने तयारीमा रहेका छन्।

गायक दूतराजको भर्खरै नयाँ गीत ‘जाम भो माइली’ सार्वजनिक भएको छ। गायक दूतराज र गायिका गिरीको ‘चोली मैलै भो’ बोलको गीत अत्यन्तै चर्चित छ। घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीतका कारण पछिल्लो समय दूतराज चर्चामा रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?