अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी


कार्तिक ९, काठमाडाैँ। अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैंसेपाटीमा रहेको उनको घरमा सोमबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार उनको घरबाट ३० हजार नगद र ५ लाख ५० हजार बराबरको गरगहना चोरी भएको हो।

सोमबार राती लक्ष्मीपूजा गरिसकेपछि घरमा कोही नभएको माैका पारेर चोरी भएको बताइएको छ। प्रहरीले चोरी गर्ने व्यक्तिको खोजी जारी रहेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?