गडफादरमा सलमानको निःशुल्क केमियो


असोज ८, एजेन्सी। मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन्। सलमान यो फिल्ममा केमियो भूमिकामा छन्। उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन्। हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो। यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन्।

चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको खुलाएका छन्। उनले फिल्मको पारिश्रमिकका लागि भन्दा पनि दर्शकको माया पाउन फिल्मको हिस्सा लिएको दाबी गरेका छन्।

‘सलमानले बिना पैसा फिल्ममा काम गरेका हुन्। उनले फ्यानको माया पाउनका लागि मात्र फिल्ममा काम गरेका हुन्। सलमान भाईलाई मेरो सलाम छ। हामी तपाईंलाई माया गर्छौ’, चिरञ्जीवीले भनेका छन्।

तमिल भाषामा बनिरहेको यो फिल्म मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो। फिल्मका निर्देशक राजा मोहन हुन्। फिल्ममा नयनतारा र सत्यदेवको पनि अभिनय छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?