हलिउड गायिका ब्रिटनीले डिएक्टिभ गरिन् इन्स्टाग्राम अकाउन्ट


भदाै ११, एजेन्सी। हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डीएक्टिभ गरेकी छन्। उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन। यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छन्। उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छन्।

उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छन्। ‘म दिनहुँ सिकिरहेकी छु। म राम्रो व्यक्ति बन्ने कोशिस गरिरहेको छु। म त्यही गरिरहेकी छु, जसले मलाई खुशी दिएको छ। मैले आज खुशीलाई छानेकी छु। म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु। आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोशिस गर्नु’, उनले ट्वीटेकी छन्।

‘जब म सानी थिएँ, निडर हुन चाहन्थे। म यती डराएर बस्न चाहदिन थिएँ। म प्रार्थना गर्छु कि सत्यमा पवित्र आत्मामा सत्यता छ र मलाई आशा छ कि पवित्र आत्मा मेरो सन्तानसँग पनि छ। हो मैले आज सुख र खुशी छानेकी छु’, उनले लेखेकी छन्।

ब्रिटनीले सेम असगरीसँग गत जूनमा विवाह गरेकी थिइन्। उनीहरुले सन् २०२१ मा इन्गेजमेन्ट गरेका थिए। यो जोडी पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१६ मा ब्रिटनीको म्यूजिक भिडियोको सेटमा उनीहरुको भेट भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?