बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना पुरा भएको छः रचना रिमाल


भदाै ४, काठमाडाैँ । गायिका रचना रिमालको घर निर्माण सम्पन्न भएको छ। शनिबार उनले फेसबुकमा तस्बीर सार्वजनिक गर्दै घर निर्माण सम्पन्न भएको जानकारी दिएकी छन्। उनले पुरानो घर नै भएको स्थान झापाको चन्द्रगढीमा एक तले पक्कि घर बनाएकी हुन्।

उनले सानैदेखि बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना साचेको र अहिले सांगितिक क्षेत्रबाट नै सपना पूरा भएको समेत उल्लेख गरेकी छिन्।

उनले फेसबुकमा लेखेकि छिन्, ‘सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ। चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ। माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु। सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु।’

रचना रिमाल अहिले नेपालमा चर्चित गायिका मध्ये एक हुन्। नेपाल आइडलमार्फत सबैभन्दा पहिले चिनिएकी उनका अहिले करीब १००० गीत रेकर्ड भइसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?