रणवीरको चर्चा सेलाउन नपाउँदै नायिकाले पनि गरिन् नग्न फोटोसुट


साउन २१,एजेन्सी। बलिउड स्टार रणवीर सिंहको नग्न फोटोसुटको चर्चा सेलाउन नपाउँदै एक नायिकाले पनि नग्न फोटोसुट गराएकी छिन्। खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा फोटोहरू पोस्ट गर्दै रणवीरको बारेमा पनि केही कुराहरू भनेकी छिन्।

फोटोको क्याप्सनमा उनले रणवीरलाई कम्पनी दिने उल्लेख गरेकी छिन्। फोटोमा एरिका टपलेस देखिएकी छिन्। उनका तस्बीरहरू सार्वजनिक भएपछि विभिन्न खालका चर्चाहरू सुरू भएका छन्।

एरिका एक भारतीय मोडल, अभिनेत्री र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। पछिल्लो पटक उनी रोहित शेट्टीको शो ‘खतरों के खिलाडी १२’ मा सानो भूमिकामा देखिएकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?