नेपालभन्दा पहिले अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘बद्री बहादुर’


असार २७, काठमाडाैँ । नेपाली फिल्म ‘बद्री बहादुर’ अष्ट्र्रेलियामा प्रदर्शन हुने भएको छ। नेपालभन्दा पहिले नै यो फिल्म सिड्नीसहित ४ सहरमा प्रदर्शन हुने निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार अष्ट्रेलियामा यो फिल्म आगामी ३० जुलाईमा प्रदर्शन हुने तय भएको हो। सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले अष्ट्रेलियामा यो फिल्म प्रदर्शन गर्ने भएका हुन्।

रबि अधिकारी कार्यकारी निर्माता रहेका फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । त्यस्तै, फिल्ममा एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू समेत हुनेछ।

एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् । टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायाङ्कन र समिर मियाँले यो फिल्म सम्पादन गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?