बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी


असार १८, एजेन्सी । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ। उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ। प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन्। तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन्। उनले आफूले पैसा माग्दा राजपाल वेपत्ता भएको आरोप लगाएका छन्।

प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ। प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?