अष्ट्रेलियाले युक्रेनमा पठायो सशस्त्र सैन्य ट्रक


A Bushmaster PMV is loaded into a C-17 Globemaster which is headed for Ukraine ahead of an announcement from Defence Minister Peter Dutton regarding defensive military assistance to Ukraine in Brisbane, Australia, April 8, 2022. AAP Image/Russell Freeman via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVE. AUSTRALIA OUT. NEW ZEALAND OUT

चैत २६, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अष्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ । रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अष्ट्रेलियाले तीन ओटा ट्रकहरु पठाएको हो ।

अष्ट्रेलियाले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन परियोग गरिनेछ । तर, तिनिहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन ।

जेलेन्स्कीले गत साता अष्ट्रेलियाको संसद्लाइ भिडियो सम्बोधन गरेका थिए । युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अष्ट्रेलियालाई धन्यबाद दिएका थिए । रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन् । उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै आएका छन् ।

अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायता स्वरुप १९० मिलियन अष्ट्रेलियायन डलर प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?