अष्ट्रेलिया कोरोना अपडेटः आज कुन राज्यमा कति संक्रमित थपिए ?


Ergin Yalcin/Getty Images

चैत २६, मेलबर्न अष्ट्रेलिया । न्यु साउथ वेल्समा आज (शनिबार) १७ हजार ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ७ हजार ५०७ र एन्टिजेन परीक्षणबाट १० हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ६१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ३ हजार ३४७ र एन्टिजेन परीक्षणबाट ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६४ हजार १३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ८ हजार ६८७ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ३ हजार १९० र एन्टिजेन परीक्षणबाट ५ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ५९ हजार ५३९ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबा दुई जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा १८०३, उत्तरी क्षेत्रमा ४७१, एसिटी ९५९, पश्चिम अष्ट्रेलियामा ६५६६ र साउथ अष्ट्रेलियामा ४७७७ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा एसीटीमा एक, साउथ अष्ट्रेलियामा एक र पश्चिम अष्ट्रेलियामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?