लमहा खोलामा महिलाको शव फेला


चैत २६, काठमाडौँ । रौतहटको लमहा खोलामा एक महिलाको शव फेला परेको छ । यमुनामाई गाउँपालिका- २ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो। शवको सनाखत हुन सकेको छैन ।

स्थानीयले खोलाको पानीको डुबेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

महिलाको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?