तस्बिरमा न्याभको २५ औं वार्षिक उत्सव


चैत २५, मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को २५ औं वार्षिक उत्सव सम्पन्न भएको छ । न्याभले विभिन्न सांस्कृतिक तथा सम्मानका कार्यक्रमहरू गर्दै २५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अष्ट्रेलिया तथा अष्ट्रेलियामा बस्ने उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल तथा भारतलगायत विभिन्न देशका कलाकारहरूले सांस्कृतिक प्रदर्शन गरेका थिए ।

करीब ५ घण्टासम्म चलेको उक्त कार्यक्रममा न्याभले स्थापना कालदेखि अहिलेदेखि गरेका कार्य तथा आगामी दिनमा गर्ने कामहरूको बारेमा धारणा प्रस्तुत गरेको थियो । कार्यक्रममा यसै विषयहरूलाई समेटेर तयार पारिएको श्रव्यदृश्य समेत प्रस्तुत गरिएको थियो ।

रजत जयन्ती समारोहको अवसर पारेर न्याभले स्मारिका पुस्तिका पनि प्रकाशन गरेको थियो । उक्त पुस्तिकामा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरीसन लगायत भिक्टोरीयाका प्रिमियर ड्यानियल एन्ड्रीयु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको शुभकामना सन्देश समावेश गरिएको छ ।

यस अवसरमा न्याभले आयोजना गर्दै आएको न्याभ एक्सिलेन्सी अवार्ड पनि वितरण गरेको थियो । अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा कार्य गर्दै नेपाली सेवा र प्रवर्द्धन गर्न समुदायका सदस्यहरूलाई उत्प्रेरित गर्न यो अवार्ड वितरण गरिँदै आएको छ ।

कसले के पाए अवार्ड ?

भाषा र संस्कृतिमा उत्कृष्टता अवार्ड – हाम्रो नेपाली पाठशाला

व्यवसायिक एवं शैक्षिक उपलब्धि उत्कृष्टता अवार्ड – डा. खगेन्द्र थापा

नेतृत्व एवं वकालतमा उत्कृष्टता अवार्ड – जिलोङ नेप्लिज एसोसियसन

नेपाली समुदायको लागि सराहनीय सेवा गरेको कदर गर्दै – वेन शुल्ट्ज

खेलकुद मार्फत सामुदायिक संलग्नताका लागि – रोयल वेस्टर्न क्लब

कार्यक्रममा को-को थिए सहभागी ?

विशेष समारोहमा बहुसांस्कृतिक मामिला, सामुदायिक खेलकुद र युवा मन्त्री रोज स्पेन्सको उपस्थिती रहेको थियो। त्यस्तै अपराध रोकथाम, सुधार, युवा न्याय र पीडित समर्थन मन्त्री नेटली हचिन्स, संघीय सांसद पिटर खलील, ऊर्जा बहुसांस्कृतिक मामिला र नागरिकता समुदायको रिकभरी मन्त्री क्रेग अन डार्ची, एमपीका प्रतिनिधि ब्रुस एटकिन्सन , भिक्टोरियन बहुसांस्कृतिक आयुक्तका अध्यक्ष भिभियन नुघेन, भिएमसी उपाध्यक्ष ब्वे थाय, पूर्व डिएचएचएस र वर्तमान भिएमसी आयुक्त डा. मोहम्मद मोहिदिन, टिम लरेन्स, एमपी ड्यानियल मुलिनो, एमपी सुश्री मारिया वामवाकिनौको उपस्थिती रहेको थियो।

त्यसैगरी, टीना लिउ, सीआर मार्क रिले, सीआर जस्मिन नुघेन, सीआर सामन्था बायर्न, एडी मिकालेफ, जो क्यापुटो, सीआर सु बोल्टन, सुश्री क्याम नुघेन, दीपक विनायक जेपी, कङ्गो समुदायका अध्यक्ष क्लोभिस मवाम्बा, डिइसीसीका अध्यक्ष नालिहा सूर्यकुमारा, सामुदायिक प्रतिक्रिया अस्ट्रेलियाका अध्यक्ष सन्नी दुग्गल, बहुसांस्कृतिक ताइवानी व्यापार अष्ट्रेलियाबाट जेनिफर याङ , बहुसांस्कृतिक भारतीय व्यापार समुदायबाट प्रवीण कुमार, बहुसांस्कृतिक मित्र नेपालबाट (Aussie Actions Board) ग्राम केन्ट , भिक्टोरीयन स्वास्थ्य बिभागबाट सुवेश पन्त, सु चेम्बरलेन, श्पिटर हल, सामुदायिक नेतृत्व नेपाल फाउन्डेसन ट्रेभर मोइल, जेट अष्ट्रेलिया फाउन्डेसनका अध्यक्ष सत्य रामादुगु, नेपालका लागि बहुसांस्कृतिक मित्रताबाट एमएस क्याथलिन म्याथ्यू, थ्री सिआर रेडियो मेलबर्न स्टेशन प्रबन्धक राचेल किर्बी, 3CR रेडियो परियोजना संयोजक जुलियट फक्स, सिटी अफ ग्रेटर जिलंगका जिम म्यासन, ग्रेटर शेपार्टन सिटी काउन्सिलका मेयर सीमा अब्दुल्लाको प्रतिनिधित्वको उपस्थिती रहेको थियो।

शेफाटन नेपाली समुदायका अध्यक्ष मीना मल्ल , ग्रेटर शेपार्टन नगर परिषद् रणनीतिक संलग्नता संयोजक प्रतिनिधि हेम केसी लगाएत र भिक्टोरियामा रहेका प्राए सबै नेपाली व्यवसायका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।

तस्बीरहरू : नेप्लिज एसोसियसन अफ भिक्टोरियाको फेसबुक पेज ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?