देशभर १२ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमणमुक्त


चैत २५, काठमाडाैँ । शुक्रबार मुलुकभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२८ जनाको पीसीआर र १६२१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?