मेलबर्नको कार्यक्रममा गएका अष्ट्रेलियन सांसदको टाउकोमा महिलाले अण्डा प्रहार गरिन्


चैत २५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियका सांसद् क्राइग केलीको टाउकोमा अण्डा प्रहार भएको छ । मेलबर्नमा एक महिलाले उनीमाथि अण्डा प्रहार गरेकी हुन् ।

शुक्रबार दिउँसो युनाइटेड अष्ट्रेलियन पार्टीका नेता मेलबर्नको एक कार्यक्रममा सहभागी हुन गएका थिए । सोही क्रममा उनीमाथि महिलाले अण्डा प्रहार गरेकी हुन् ।

ट्वीटरमा सार्वजनिक भएको भिडियोमा देखिए अनुसार महिलाले अण्डा ल्याएर पछाडीबाट केलीको टाउकोमा प्रहार गरेकी छन् ।

अण्डा प्रहार गर्ने ती महिलाले सांसद् केलीलाइ ‘नाजी लभर’ भएको भन्दै कराएकी थिइन् ।

प्रहरीले यस घटनाबारे अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?