रुसले त्याग्यो संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता


चैत २५, एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । बिहीबार रुसी विदेशमन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो ।

त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?