साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


चैत २५, काठमाडौँ । सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको मूल्य भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?