अष्ट्रेलियामा आज ५७ हजार बढीमा कोरोना संक्रमण पुष्टि, थप ३० को मृत्यु


चैत २५, मेलबर्न अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा थप ५७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न राज्यमा गरिएको कोरोना परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । आज (शुक्रबार) थप ३० जनाको कोरोनका कारण मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा आज (शुक्रबार) २० हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ९ हजार ८४र एन्टिजेन परीक्षणबाट ११ हजार ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा ११ हजार १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ४ हजार २९ र एन्टिजेन परीक्षणबाट ७ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार ९८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा १० हजार ९२ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ४ हजार १३९ र एन्टिजेन परीक्षणबाट ६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ६० हजार ६७ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबा ९ जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा १८८५, पश्चिम अष्ट्रेलिया ६८९२, उत्तरी क्षेत्रमा ५३६, एसीटीमा १२०० र साउथ अष्ट्रेलियामा ५६६६ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा पश्चि अष्ट्रेलियामा २, साउथ अष्ट्रेलियामा ६, एसिटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?