सरकारद्वारा २० देशमा राजदूत सिफारिस, अष्ट्रेलियाका लागि कैलाश पोखरेल


चैत २४, काठमाडाैँ । सरकारले २० देशमा रिक्त रहेको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कुन देशका लागि को भए सिफारिस ?

चीन – विष्णुपुकार श्रेष्ठ

दक्षिण अफ्रिका – दानबहादुर तामाङ

स्पेन – शर्मिला पराजुली ढकाल

श्रीलंका – बासुदेव मिश्र

रसिया – मिलन तुलाधर

अस्ट्रेलिया – कैलाश पोखरेल

मलेसिया – डिल्लीराज पौडेल

इजरायल – शान्ता रिजाल

दक्षिण कोरिया – जेपी प्याकुरेल

डेनमार्क – प्रा. डा. रामसुरज राय यादव

साउदी अरब – नवराज सुवेदी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?