ओली आज नेपालगञ्ज र बर्दिया जाँदै


चैत २४, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाने भएका हुन् ।

त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?