लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख


चैत २४, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख रहेको मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई हिजो (बुधबार) दिउँसो हेलिकप्टरबाट काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भैरहवाको भिम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको हो । ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?