निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो, को–को थपिए ?


चैत २३, काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका हुने स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको जानकारी दिएको छ ।

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

को को हटे, को थपिए ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?