बिदा मनाउन सिंगारपुरबाट अष्ट्रेलिया गएका बाबुछोराको पहिरोमा परि मृत्यु


चैत २३, मेलबर्न, अष्ट्रेलिया । अष्ट्र्रेलियाको ब्लु माउन्टेनको पहिरोमा परी मृत्यु हुने २ जनाको पहिचान खुलेको छ । सोमबार दिउँसो करी २ बजेतिर गएको पहिरोमा परी त्यहाँ २ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बेलायतमा प्रतिष्ठित आर्थिक वकिल र उनका छोरा रहेका छन् । उनी ४९ वर्षीय मेहराव नाजीर र उनका छोरा रहेका छन् ।

न्यु साउथ वेल्सको प्रहरीले दिएको जानकारी अनुसार नाजीरका ५० वर्षिया पत्नी अनास्तासिया र १४ वर्षीय अर्का छोरा भने गम्भीर घाइते हुँदा छोरीभने भाग्न सफल भएकी थिइन् ।

नाजीरको परिवार १ दशकभन्दा अघि नै लण्डनबाट सिंगापुर बसाइसरेको बुझिएको छ । नाजिरले सिंगापुरमा प्रतिष्ठित कानुनी अड्डा वाट्सन फेयरले एण्ड सञ्चालन गरेका थिए ।

उनीहरू बिदा मनाउन परिवारसहित सिंगापुरबाट अष्ट्रेलिया गएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?