अष्ट्रेलिया कोरोना अपडेटः आज कुन राज्यमा कति संक्रमित थपिए ?


चैत २३, मेलबर्न अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा थप ५८ हजार २५४ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न राज्यमा गरिएको कोरोना परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज ९मंगलबार० थप ३८ जनाको कोरोनका कारण मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा आज २४ हजार १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट १० हजार १९४ र एन्टिजेन परीक्षणबाट १३ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा १२ हजार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ४ हजार २४४ र एन्टिजेन परीक्षणबाट ७ हजार ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ हजार २८ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ८ हजार ५३४ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट २ हजार ७३४ र एन्टिजेन परीक्षणबाट ५ हजार ८०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ५६ हजार ४८७ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबा एक जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा २४०८, उत्तरी क्षेत्रमा ५१३ र साउथ अष्ट्रेलियामा ५७८४ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा साउथ अष्ट्रेलियामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?