हिजो एमालेमा प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज माओवादीमै फर्किए


चैत २२, काठमाडाैँ । पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्षअघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । तर, हिजो अर्थात् सोमबार ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएता पनि उनी मंगलबार पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?