देशभर २४ जनामा कोरोना संक्रमण, थप ५१ जना संक्रमणमुक्त


चैत २२, काठमाडाैँ । मंगलबार मुलुकभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२७८ जनाको पीसीआर र २३०९ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?