अष्ट्रेलियामा कोरोना अपडेटः थप ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि, ३८ को मृत्यु


photo: bbc

चैत २१, मेलबर्न अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा थप ५८ हजार २५४ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न राज्यमा गरिएको कोरोना परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज (मंगलबार) थप ३८ जनाको कोरोनका कारण मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा आज १९ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ६ हजार १२१ र एन्टिजेन परीक्षणबाट १३ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा १२ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ३ हजार २६२ र एन्टिजेन परीक्षणबाट ८ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार ३ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ९ हजार ९४६ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट २ हजार ४९८ र एन्टिजेन परीक्षणबाट ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ५८ हजार ९१६ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबा ८ जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा २४२७, पश्चिम अष्ट्रेलिया ८१४५, उत्तरी क्षेत्रमा ५५०, एसीटीमा ९१८ र साउथ अष्ट्रेलियामा ५०६८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा पश्चि अष्ट्रेलियामा ५, एसटीमा एक, साउथ अष्ट्रेलियामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?