तास्मानियाका प्रिमियर पिटर गुवेनले दिए राजीनामा


चैत २२, मेलबर्न अष्ट्रेलिया । तास्मानियाक प्रिमियर पिटर गुवेनले राजिनामा दिएका छन् । करीब २ वर्षको समय प्रिमियरका रूपमा काम गरेका पिटरले सोमबार राजिनामा दिएका हुन् ।

राजिनामा दिँदै पिटरले नेतृत्व हस्तान्तरण गर्ने यो नै उत्तम समय भएको प्रतिक्रिया दिएका छन् । राजिनामा दिँदै उनले भनेका छन्, ‘मैले पूरा भण्डार नै खाली गरेको छु । मैले दिन सक्नेजति सबै दिएँ ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?