सकारात्मक भएर एनआरएनएको नयाँ नेतृत्वलाई सहयोग गरौंः उपाध्यक्ष शर्मा


चैत २२, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् ।

संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताए ।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालष्, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् ।

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्वीकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय बिषयमा असहमति हुँदा हुँदै पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्वीकार गर्नु पर्ने अवस्था आएको बताए ।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् । शर्माले फेस भेरिफिकेसन मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दिर्घकालिन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?