एभरेस्ट चेम्बर अफ कमर्सको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा युवराज बराल, महासचिवमा मोहन कार्की


चैत २१, नयाँदिल्ली । एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो अधिवेशन नयाँ दिल्लीको महराणा प्रताप अडिटोरियम नोएडामा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष युवराज बरालले अध्यक्षता उद्घाटन गरेको कार्यक्रममा नेपालको प्रतिनिधि संस्था नेपाली राजदूतावासका शिक्षा संस्कृति विभाग प्रमुख यदुनाथ पौडेलको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै पौडेलले यो महाधिवेशनले विगत कार्यकालको समीक्षा गर्ने र भावी योजनाको तर्जुमालाई महत्त्वपूर्ण ढंगले अघि बढाउने भन्दै भावी सन्ततिलाई जागिरका लागि हैन उद्योग व्यवसायका लागि प्रोत्साहित गर्ने बताए । 

सुवेदीले राजनैतिक प्रदूषणका कारण नेपालको उद्योग व्यवसाय धराशायी भएको भन्दै चेम्बरमा त्यो गन्ध आउन नदिन आग्रह गरे । महासचिव मोहन कार्किले संचालन एवम अन्जु थापाले सह-संचालन गरेको कार्यक्रममा उद्योग व्यवसायी अरुण सुवेदी प्रमुख अतिथिको रुपमा रहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शिप समिति अध्यक्ष हेमराज ढकाल, सडक यातायात एवम परिवहन समिति अध्यक्ष प्रकाश सिंह कार्की, नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका महासचिव रामजी बराल,  निर्वाणा लक्जरीका अध्यक्ष सुनिल जंग रायमाझी, ग्लोवल कन्सल्टेन्सी कम्पनीका डिरेक्टर महेश जोशी, राजलक्ष्मी जोशी, अपेक्स ग्लोवलका अध्यक्ष दुर्गा सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा पतंजलि योगपीठका संस्थापक एवम हाम्रो स्वाभिमान ट्रस्ट का संस्थापक अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको र इंडियन आर्मी जेनेरल शक्ति गुरुङको शुभकामना सन्देश प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो । संस्थापक अध्यक्ष चिरञ्जीवी मरासिनी र अध्यक्ष युवराज बरालले पनि सम्बोधन गरेका थिए । 

प्रोफेसर डा. युवराज पोख्रेल, वरिष्ठ पत्रकार आकांक्षा शाह, सामाजिक व्यक्तिहरू ठाकुर खानल, आर. बि. खड्का, रघुनाथ पान्डे र वेद प्रकाश शर्माले निर्वाचन समिति को कार्यभार सम्हालेका थिए ।  

निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष युवराज बराल, उपाध्यक्ष १. देवेन्द्र कुवर, २.बिराट श्रेष्ठ र ३. डोलराज भन्डारी, महासचिव योगगुरु डा. मोहन कार्की, सह महासचिव १. गोविन्द पोख्रेल र २. एल. पि.पान्डे, कोषाध्यक्ष सीए सुमन आत्रेय, सह कोषाध्यक्ष बिष्णु के. सी. रहेका छन् । 

त्यस्तै विभिन्न बिभागिय संयोजकहरु एवम् केन्द्रिय सचिवालय सदस्यहरूमा गार्मेन्ट ब्यबसाय समितिको अध्यक्षमा राम बहादुर नेपाल, इन्टेरियर डेकोरेटर व्यवसाय समिति अध्यक्षमा जनकराज शर्मा, बैंकिङ्ग एवम् वित्तिय व्यवसाय समिति अध्यक्षमा सुनिल मिश्रा, आयात निर्यात व्यवसाय समिति अध्यक्षमा महेश बराल, एफएमसीजी व्यवसाय समिति अध्यक्षमा मनन शाह,  स्वास्थ एवम् फार्मा व्यवसाय समिति अध्यक्षमा राज शर्मा, होटेल तथा गेस्ट हाउस व्यवसाय समिति  इन्चार्जमा बिष्णु के. सी. र अध्यक्षमा दिपक जि. सी., रेस्टुरेन्ट एवम् क्याटेरिङ्ग व्यवसाय समिति अध्यक्षमा बिष्णु शर्मा न्यौपाने, कोरियर कार्गो एवम् लोजिस्टिक व्यवसाय समिति अध्यक्षमा दुर्गा प्रसाद सुवेदी, फोटोग्राफी एवम भिडियोग्राफि व्यवसाय समिति अध्यक्षमा कृष्ण शर्मा, कानुन एवम परामर्श व्यवसाय समिति अध्यक्षमा नन्दा शर्मा, पार्लर, ब्यूटी एवम कस्मेटिक व्यवसाय समिति अध्यक्षमा मिलन शर्मा र ट्राभेल एवम टुरिजम व्यवसाय समिति अध्यक्षमा शोभाखर पन्थी निर्वाचित भएका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?