ब्लु माउन्टेनको पहिरोमा परी एक बालकसहित २ जनाको मृत्यु


चैत २१, मेलबर्न,अष्ट्रेलिया । न्यु साउथ वेल्स अवस्थित ब्लु माउन्टेनको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । सोमबारको उक्त घटनामा मृत्यु हुनेमा एक बालक पनि रहेका छन् ।

सोमबार दिउसो करीब १ बजेर ४० मिनेटको समयमा न्यु साउथ वेल्सको प्रहरीलाई मानिसहरू पहिरोमा परेको खबर प्राप्त भएको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले दिएको जानकारी अनुसार पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना घाइते पनि भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

पहिरोमा फसेकाहरूको उद्धार गर्न कठिनाइ भएको प्रहरीले बताएको छ । तथापी, उद्धारका हरे उपाय प्रहरीले अपनाइरहेको छ ।

अहिले घटनास्थलमा २ वटा हेलिकप्टर र ७ वटा एम्बुलेन्स लगायतका सवारीहरू प्रयोग भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?