स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते


चैत २१, स्याङ्जा । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे ।

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?