अष्ट्रेलियामा आज ४६ हजार बढीमा कोरोना संक्रमण पुष्टि, थप १४ को मृत्यु


photo credit: APP

चैत २१, मेलबर्न अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा थप ४६ हजार ७३५ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न राज्यमा गरिएको कोरोना परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज (सोमबार) थप १४ जनाको कोरोनका कारण मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा आज (सोमबार) १५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ५हजार ५९१ र एन्टिजेन परीक्षणबाट ९ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा १० हजार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट २ हजार ९०३ र एन्टिजेन परीक्षणबाट ७ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार ५४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ७ हजार ७०७ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट २ हजार ६९ र एन्टिजेन परीक्षणबाट ५ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ६१ हजार १८७ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधिमा क्वीन्सल्याण्ड कोरोनाबा एक जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा १७२५, पश्चिम अष्ट्रेलिया ६०८२, उत्तरी क्षेत्रमा ३०४, एसीटीमा ७३९ र साउथ अष्ट्रेलियामा ४५९५ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा पश्चि अष्ट्रेलियामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?