आज यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना


चैत २१, काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । अहिले (सोमबार बिहान)प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकएको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?