नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष विशेष रूपले मनाउने


चैत २०, मेलबर्न, अष्ट्रेलिया । नेपाली नयाँ वर्ष २०७९ साललाई नेपाली सोसाइटी अफ तास्मानियाले विशेष रूपमा मनाउने भएको छ । नेपाली नयाँ वर्षमा उक्त संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने भएको हो ।

आयोजक संस्थाले नेपाली नयाँ वर्षको अवसरमा संगीत, खानापान, नाँचगानको अवार्ड वितरण सहित प्रमाणपत्र वितरण गर्ने भएको हो ।

उक्त संस्थाले आयोजना गर्ने कार्यक्रम अप्रिल १० तारिखका दिन दिउँसो ४ बजेदेखि राती १० बजेसम्म मुनाह आर्ट्स सेन्टरमा हुनेछ ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि १० अष्ट्रेलियन डलर शुल्क तोकिएको छ । तर, १२ वर्ष मुनिका बालबालिकाहरुलाई भने निः शुल्क प्रवेश गर्न दिइने बताइएको छ ।

नेपाली सोसाइटी अफ तास्मानियाले तास्मानियामा बसोबास गर्ने नेपालीहरूबिच भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?